ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, ३.८ प्रतिशत बोनस प्रस्ताव पारित गर्ने

बिजमाण्डू
२०८० फागुन २७ गते ११:०९ | Mar 10, 2024
ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, ३.८ प्रतिशत बोनस प्रस्ताव पारित गर्ने

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंकले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव चैत २७ गते साधारण सभाबाट पारित गर्दैछ।

बैंकले कायम चुक्ता पुँजीको ३.८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीको हाल चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ छ।

बैंकले चैत ९ गते बुकक्लोज गर्ने तोकेको छ।