सिंगटी हाइड्रोका संस्थापक सेयरधनी लकइन पिरियड सकिने दिन कुर्दै, कहिले पुग्छ मिति?

बिजमाण्डू
२०८० फागुन २४ गते १२:५७ | Mar 7, 2024
सिंगटी हाइड्रोका संस्थापक सेयरधनी लकइन पिरियड सकिने दिन कुर्दै, कहिले पुग्छ मिति?

काठमाडौं। सिंगटी हाइड्रो इनर्जीका संस्थापक सेयरधनी लकइन पिरियड सकिएर सेयर किनबेच गर्न पाउने मिति पर्खिरहेका छन्। कम्पनीको संस्थापक सेयरको लकइन अवधि चैत २६ मा समाप्त हुने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीमा १ करोड १५ लाख कित्ता संस्थापक सेयर छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १४ लाख ५० हजार र कर्मचारीका लागि छुट्याइएको ५८ हजार कित्ता सेयर छ।

लकइन पिरियड समाप्त भएपछि संस्थापक सेयरधनीका साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीले सेयर बेच्न पाउँछन्।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका,२०७४ अनुसार कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिले तीन वर्षसम्म संस्थापक सेयर लकइन राख्नु पर्छ।

सिंगटी हाइड्रो इनर्जीले २०७७ चैतमा सेयर निष्कासन गरी बाँडफाँट गरेको थियो।