त्रिदेशीय टी-२० सिरिज आजबाट, कीर्तिपुरमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

बिजमाण्डू
२०८० फागुन १५ गते ०९:२० | Feb 27, 2024
त्रिदेशीय टी-२० सिरिज आजबाट, कीर्तिपुरमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय टी-२० सिरिज आजबाट सुरु हुँदैछ। अघिल्लो साता क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओडीआई फर्म्याटमा आमनेसामने भएका यी तीन टोली अब भने टी-२० फर्म्याटमा भिड्न लागेका हुन्।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज ११ बजे नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

तीनै टोलीले अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका रुपमा यो सिरिजलाई लिनेछन्। टी-२० विश्वकपमा नेपाल र नेदरल्याण्ड्स समूह ‘डी’ मा एकसाथ छन् भने नामिबिया समूह ‘बी’ मा छ।

ओडीआइ सिरिजको वर्चस्व तोड्ने अवसर

नामिबियाले लिग-२ अन्तर्गत कीर्तिपुरमा भएका चारमध्ये तीन खेलमा जित निकाल्दै सर्वाधिक ६ अंक जोडेको थियो। त्यस्तै, नेदरल्याण्ड्सले ४ तथा नेपालले २ अंक जोड्यो। अब, टी-२० सिरिजमा कमजोरीलाई सच्याउने अवसर नेपाललाई छ।

लिग-२ खेलेको नेपाली टोलीबाट व्यापक परिवर्तन गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले टोलीसमेत घोषणा गरिसकेको छ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सुन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ शेख, अभिनास बोहरा