‘ए’ ग्रेडका पुरुष क्रिकेटरले मासिक १ लाख रुपैयाँ पाउने, ‘ए’ ग्रेड महिलालाई ५० हजार

बिजमाण्डू
२०८० फागुन १४ गते १४:३९ | Feb 26, 2024
‘ए’ ग्रेडका पुरुष क्रिकेटरले मासिक १ लाख रुपैयाँ पाउने, ‘ए’ ग्रेड महिलालाई ५० हजार

काठमाडौं । ‘ए’ ग्रेडका पुरुष क्रिकेटरले मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को फागुन १३ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको तलब तय गरेको हो।

Tata
GBIME
Nepal Life

क्यानका अनुसार पुरुषतर्फका ‘ए’ ग्रेडका खेलाडीले मासिक १ लाख, ‘बी’ ग्रेडका खेलाडीले ७० हजार, ‘सी’ ग्रेडका खेलाडीले ५५ हजार, ‘डी’ ग्रेडका खेलाडीले ३५ हजार पाउनेछन्। त्यस्तै इमर्जिङ खेलाडीले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसका लागि क्यानले पुरुषतर्फ ३० जना खेलाडीलाई करार अनुबन्धन गरेको छ।

ग्रेडका खेलाडी: रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल

बी ग्रेडका खेलाडी: कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अभिनास बोहोरा

सी ग्रेडका खेलाडी: बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी

डी ग्रेडका खेलाडी: पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकाश चन्द, बसीर अहमद र सूर्य तामाङ

इमर्जिङ खेलाडी : दीपेश कँडेल, रुपेश सिंहश, रिजन ढकाल, बिपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी

त्यस्तै, क्यानले महिलातर्फ १९ जना खेलाडीसँग अनुबन्धन गरेको छ। महिलातर्फ ‘ए’ ग्रेडको खेलाडीले ५० हजार, ‘बी’ ग्रेडले ३५ हजार, ‘सी’ ग्रेडले ३० हजार, ‘डी’ ग्रेडले २५ हजार र इमर्जिङ खेलाडीले २० हजार मासिक पाउनेछन्।

ए ग्रेडका खेलाडी: इन्दु वर्मा, सीता राना मगर, रुबिना क्षेत्री

बी ग्रेडका खेलाडी: कविता कुँवर

सी ग्रेडका खेलाडी: पूजा महतो, अश्मिना कर्माचार्य

डी ग्रेडका खेलाडी: अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

इमर्जिङ खेलाडी: सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्स्निका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्धार, सृष्टी जैसी, सम्झना खड्का र सना प्रवीण