घरेलु मैदानमा लिग-२ को पहिलो सिरिजमै निराशाजनक प्रदर्शन, ४ खेलमध्ये ३ खेलमा हार

बिजमाण्डू
२०८० फागुन १३ गते १६:१९ | Feb 25, 2024
घरेलु मैदानमा लिग-२ को पहिलो सिरिजमै निराशाजनक प्रदर्शन, ४ खेलमध्ये ३ खेलमा हार

काठमाडौं । क्रिकेट विश्वकप लिग-२ मा नेपाली क्रिकेट टोलीले निराशाजनक सुरुवात गरेको छ। लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा ४ खेलमध्ये ३ वटामा घरेलु मैदानमा हार ब्यहोरेसँगै नेपालले फितलो सुरुवात गरेको हो।

Tata
GBIME
Nepal Life

८ टोली सहभागी लिग-२ मा नेपालसहित क्यानडा, नामिबिया, नेदरल्याण्ड्स, यूएई, अमेरिका, ओमन र स्कटल्याण्ड छन्।

नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार ब्यहोर्दै सुरुवात गरेको थियो। त्यसअघि क्यानडासँग सानदार प्रदर्शन गर्दै तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको नेपालले लयलाई कायम राख्न सकेन।

दोस्रो खेलमा विश्वकप खेलेर फर्किएको नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो। सिरिजमा नेपालको सबैभन्दा सकारात्मक पक्ष यही रह्यो।

तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार व्यहोर्दा चौथो खेलमा आज डच टोलीसँग ८ विकेटले पराजित भएको हो।

यो सिरिजबाट नेपालले मात्र २ अंक जोड्न सफल भयो।

अंकतालिका

लिग-२ को पहिलो त्रिकोणात्मक शृङखला सकिँदा नामिबिया सबैभन्दा माथि छ। नेपालमा लिग साइकलको पहिलो सिरिज खेलेको नामिबियाले ४ मध्ये ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ। नामिबियाल एक खेलमा नेदरल्याण्ड्ससँगको हार बाहेक बाँकी तीनवटै खेलमा जित निकाल्न सफल भयो।

नामिबियाको टोली। तस्बिर: क्यान

त्यस्तै  नेदरल्याण्ड्सले ४ खेलमध्ये २ वटामा जित र बाँकी दुईमा हार ब्यहोर्दै औशत सुरुवात गर्‍यो। नेदरल्याण्ड्सले नामिबियालाई पहिलो खेलमा हराएको थियो भने दोस्रो खेलमा पराजित भएको थियो। त्यस्तै नेपालसँग पहिलो खेलमा हार ब्यहोरेको थियो भने दोस्रो खेलमा आज हराएको छ। नेपालले भने नेदरल्याण्ड्ससँगको जितमै चित्त बुझाएको छ।