एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा, च्याम्पियन टोली पुग्नेछ एसिया कप

बिजमाण्डू
२०८० फागुन १३ गते १४:३६ | Feb 25, 2024
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा, च्याम्पियन टोली पुग्नेछ एसिया कप
अघिल्लो संस्करणमा च्याम्पियन बनेको नेपाली क्रिकेट टोली। फाइल फोटो

काठमाडौं । नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको समूह ‘ए’ मा परेको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आज जारी गरेको खेल तालिका अनुसार १२ अप्रिलबाट सुरु हुने यो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको हो।

Tata
GBIME
Nepal Life

समूह ‘ए’ मा नेपाल सहित हङकङ, मलेसिया, कतार र साउदी अरब छन्। त्यस्तै, समूह ‘बी’ मा यूएई, ओमन, कुवेत, बहराइन र कम्बोडिया छन्।

यो प्रतियोगिताको च्याम्पियन टोलीले एसिया कप खेल्नेछ भने शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स् एसिया कप खेल्नेछ। अघिल्लो वर्ष पहिलो पटक नेपालले एसिया कप खेलेको थियो।  

प्रिमियर कप ओमनमा हुँदैछ। नेपालले १२ अप्रिलमा मलेसिया, १३ अप्रिलमा कतार, १५ अप्रिलमा हङकङ र १७ अप्रिलमा हङकङसँग खेल्नेछ।

अप्रिल १९ मा प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ भने २१ अप्रिलमा फाइनल खेल हुनेछ।