नेदरल्याण्ड्सले टस जितेर नेपाललाई दियो ब्याटिङको निम्ता, गुल्सन र आरिफ प्लेइङ ११ मा

बिजमाण्डू
२०८० फागुन १३ गते ०९:०४ | Feb 25, 2024
नेदरल्याण्ड्सले टस जितेर नेपाललाई दियो ब्याटिङको निम्ता, गुल्सन र आरिफ प्लेइङ ११ मा

काठमाडौं ।  नेपालले नेदरल्याण्ड्सविरुद्ध सुरुवाती ब्याटिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा डच कप्तान स्कट एडवार्डले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME
Nepal Life

सिरिजमा नामिबियाले ४ मध्ये तीन खेल जितेर सिरिज टुंग्याएको छ। यस्तोमा तीन खेल खेल्दा एउटामा मात्र जित निकालेको नेपाल र नेदरल्याण्ड्स दुवै दुई अंक थप्ने होडमा हुनेछन्। आठ टोली सहभागी लिग-२ मा यी तीनै टोलीले शीर्षस्थानको दाबेदारी लिएका छन्।

जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय व्यहोर्दा नेदरल्याण्ड्सलाई हराएको थियो। त्यस्तै नेदरल्याण्ड्सले नामिबियासँग पहिलो खेलमा जित निकाले पनि पछिल्लो खेलमा हार ब्यहोरेको थियो। त्यस्तै नेपालसँग पनि पराजित भएको थियो। अघिल्लो खेलमा नेपाल डच टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराउन सफल भएको थियो।

नेपाली टोलीमा आज दुई परिवर्तन छ। अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल प्लेइङ ११ मा छैनन्। उनीहरुको स्थानमा गुल्सन झा र आरिफ शेखले स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख,  रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, करण केसी, ललित राजवंशी, अनिल कुमार साह, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी