पहिला ब्याटिङ गरेको नामिबियाले नेदरल्याण्ड्लाई २४ रनले हरायो, ६ अंक जोडेर शीर्ष स्थानमा

बिजमाण्डू
२०८० फागुन ११ गते १८:०१ | Feb 23, 2024
पहिला ब्याटिङ गरेको नामिबियाले नेदरल्याण्ड्लाई २४ रनले हरायो, ६ अंक जोडेर शीर्ष स्थानमा
विकेट सेलिब्रेट गर्दै नामिबियाका खेलाडी। तस्बिर: क्यान

काठमाडौं। क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबियाले नेदरल्याण्ड्सलाई हराएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

मौसमका कारण ढिला गरी टस भएको खेललाई ४५ ओभरमा छोट्याइएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो।

नामिबियाका लागि जन निकोलले सर्वाधिक ४९ रन बनाए। ओपनर मलन क्रुगेरले ३९, जन फ्राइलिन्कले ३४ र रुबेन ट्रम्पलमेनले अविजित २३ रन जोडे।

नेदरल्याण्ड्सका भिवान किङ्माले सर्वाधिक ३, आर्यन दत्त र रोएफ भान डोरले समान २ तथा सारिज अहमेद र बस डी लिडले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स नोह क्रोएसको अविजित ४६ रनको बावजुद १७९ रनमा अलआउट भयो। म्याक्स ओडाउडले ४१, बसले २४ र शारिज अहमदले १९ रन बनाए।

जेर्राड इरास्मस र जन फ्राइलिन्कले ३/३, बर्नार्ड स्कल्चले २ तथा रुबेन ट्रम्पलमेन र जन निकोलले समान १ विकेट लिए।

जितसँगै नामिबियाले ४ बाट ६ अंक जोडेको छ। जारी सिरिजमा सुरुवाती ब्याटिङ गर्ने टोलीले फराकिलो हार बेहोरिरहँदा नामिबियाले त्यसलाई तोडेको छ।

सिरिजको अन्तिम खेलमा नेपालले आइतबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।