सपोर्ट लघुवित्तको लाभांश दर बढ्यो, लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर दिने घोषणा

बिजमाण्डू
२०८० कात्तिक २२ गते १२:३० | Nov 8, 2023
सपोर्ट लघुवित्तको लाभांश दर बढ्यो, लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर दिने घोषणा


काठमाडौं। सपोर्ट लघुवित्तको लाभांश दर बढेको छ। लघुवित्तले गत आर्थिक वर्षका लागि १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। पोहोर ११.५८ प्रतिशत दिएको थियो।

Tata
GBIME

प्रस्तावित लाभांश मध्ये १३ प्रतिशत बोनस सेयर दिने संचालक समितिको निर्णय छ। बाँकि करलाई नगद दिदैँछ।

हाल लघुवित्तको चुक्ता पुँजी ९ करोड ८२ लाख रुपैयाँ छ। प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी एक करोड २३ लाख रुपैयाँले बढ्नेछ।

लाभांश राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।