निफ्राको नाफा बढ्यो‚ पहिलो त्रैमासमा गत आर्थिक वर्षभन्दा ९.३० प्रतिशत बढी

बिजमाण्डू
२०८० कात्तिक १६ गते ११:२५ | Nov 2, 2023
निफ्राको नाफा बढ्यो‚ पहिलो त्रैमासमा गत आर्थिक वर्षभन्दा ९.३० प्रतिशत बढी

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्टर बैंक लिमिटेड (निफ्रा)को नाफा बढेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले नाफा वृद्धि भएको देखाएको हो।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ८६ लाख बराबर खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। गत वर्षको तुलनामा पहिलो त्रैमासमा बैकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेको छ। असोज मसान्त सम्म यस कम्पनीले ७० करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। गत वर्ष ६५ करोड ५७ लाख आर्जन गरेको थियो।

यस बैंकको हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। यस कम्पनीको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ। पहिलो त्रैमाससम्म कम्पनीको निक्षेप बढेर ३९ करोड ५६ लाख पुगेको छ। गत वर्ष निक्षेप २९ करोड ८१ लाख थियो।

नाफा तथा आम्दानीसँगै कम्पनीको खर्चमा पनि सामान्य वृद्धि भएको छ। असोजसम्म कम्पनीको कर्मचारी खर्च ७.८९ प्रतिशतले बढेर ८ करोड ९६ लाख पुगेको छ। गत वर्ष ८ करोड ३० लाख थियो। संचालन खर्च ४.४१ प्रतिशतले बढेर १ करोड ५७ लाख पुगेको छ।

नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी ७.०१ रुपैयाँबाट बढेर ७.६६ रुपैयाँ पुगेको छ। यस्तै असोजसम्म प्रति सेयर नेटवर्थ ११२.०२ रुपैयाँ छ। गत वर्ष १०९.७८ रुपैयाँ थियो।