सन सेक्युरिटिजबाट हुने सेयर किनबेचको सेटलमेन्ट भुक्तानी इसेवाबाटै गर्न सकिने

बिजमाण्डू
२०८० असोज २८ गते १०:३४ | Oct 15, 2023
सन सेक्युरिटिजबाट हुने सेयर किनबेचको सेटलमेन्ट भुक्तानी इसेवाबाटै गर्न सकिने

काठमाडौं। सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) मार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न मिल्ने भएको छ। सँगै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ।

Tata
GBIME
NLIC

सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिजबाट गरिने सेयर खरिदबिक्रीको सेटलमेन्ट थप सहज हुने इसेवाले जनाएको छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिजबाट कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ अफ्फिसर विशाल रिजालले हस्ताक्षर गरेका छन्।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी
देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेको कम्पनीले जनाएको छ।