भिस्ताराको काठमाडौं–दिल्ली–हङकङ उडान कात्तिक १५ देखि, खुल्यो टिकट बुकिङ

बिजमाण्डू
२०८० असोज १ गते ११:४७ | Sep 18, 2023
भिस्ताराको काठमाडौं–दिल्ली–हङकङ उडान कात्तिक १५ देखि, खुल्यो टिकट बुकिङ


काठमाडौं। भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको छ। भिस्ताराले आगमी कात्तिक १५ देखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको हो।

Tata
GBIME

एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रशन्न अधिकारीले कात्तिक १५ देखि हुने उडानका लागि यात्रुले मोबाइल एप्स, वेव साइट र ट्राभल एसेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने बताए।

उनले भने, ‘सुरक्षित र आरामदायी यात्रा उपलब्ध गराउनु भिस्ताराको मूल लक्ष्य हो। यही लक्ष्यअनुरुप भिस्ताराले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको छ। काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा लाभदायक हुनेछ।’ उडानका लागि भिस्ताराले ए ३२ नेव एयरक्राफ्ट प्रयोग गर्नेछ।

भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ। उसले यात्रुका लागि २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। एयरलाइन्सले यो सुविधा होटल सोल्टी र र्‍याडिसनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको हो।

भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको एयरलाइन्सले नेपालसहित विश्‍वका विभिन्न ३० गन्तव्यमा नियमित उडान गर्दै आएको छ।