
काठमाडौं। नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले नयाँ सेरेस ब्रान्डको इलेक्ट्रिक एसयुभी नेपाल भित्र्याएको छ।
सो गाडीको कम्फर्ट भेरियन्टको सुरुवाती मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
तर कम्पनीका अनुसार यो मूल्य केही सीमित समयको लागि मात्र हुनेछ। गाडी सार्वजनिक भएपछि कम्फर्ट भेरियन्टको ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ५२ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।
यसैगरी सेरेस ई-१ को पनि मूल्य तोकिएको छ। जसको सुरुवाती मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो बेस भेरियन्टको मूल्य हो। यस्तै अर्को मिड भेरियन्टको मूल्य १६ लाख ४९ हजार र टप भेरियन्टको १७ लाख ९९ हजार तोकिएको छ।
सेरेस-३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन-रोड र अफरोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्द छ।
पावरट्रेनको कुरा गर्दा ९९ किलोवाट पीक पावरको मोटर र ५२.७ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक यसमा छ। यसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। डिजाइन र कम्फर्टमा यसमा यो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित रहेको कम्पनीले जनाएको छ। सेरेस ३ मा आरामदायिक डबल कुशन सीट छ भने पर्याप्त हेडरुम र लेगरूम प्रदान गरेको छ।
प्रविधिमा यसमा चालक र यात्रु दुबैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६०-डिग्री क्यामेरा, ड्यास क्याम र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटी पनि छ। गाडीमा रियल-टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाएको कम्पनीको दाबी छ।
यसैगरी यसमा टायर साइज १८ इन्च र १९० एमएमको ग्राउन्ड क्लियरेन्सले स्थिरताको सुनिश्चित गर्ने कम्पनीले जिकिर छ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेरिङ मोड प्रदान गरेको छ।
यसले गर्दा स्पोर्ड मोडलमा गाडी चलाउदा स्टेरिङ हार्ड र सिटी राइडमा गाडी चलाउदा स्टेरिङ स्मुथ हुन्छ। साथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ। यसमा स्पेयर टायर पनि उपलब्ध छ।
१०.२५ इन्चको डिस्प्ले जडान गरिएको इन्फोटेन्मेन्ट स्क्रीन र ड्राइभर इन्फोटेन्मेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ।

सेरेस ई -१
कम्पनीका अनुसार यस मिनी इभीमा १६.८ र १३. ८ किलोवाट आवर(युनिट) लिथियम-आयन ब्याट्री विकल्प उपलब्ध छन्। गाडीमा भएको ब्याट्री प्याकहरुले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
गाडीमा जडान गरिएको वायरलेस एन्डरोइड अटो र एप्पल कारप्लेले यसलाई थप प्रविधियुक्त गाडी बनाएको कम्पनीको जिकिर छ। गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि दुई वटा ड्राइभ मोड प्रदान गरिएको छ। यसमा रिजेनेरेटिभ ब्रेकिङको सिस्टम पनि उपलब्ध छ।
यसैगरी, यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस प्लस ईबिडी, हिल स्टप/स्टार्ट, अटो होल्ड, पार्किङ ब्रेक, सिट बेल्ट, पार्किङ क्यामेरा र सेन्सर, टिपीएमएस तथा आईसोफिक्स चाइल्ड सिटका साथै ८.८ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टमको राम्रो व्यवस्था गरिएको कम्पनीले जनएको।
मिनी इभीले अतिरिक्त लेगरूम र हेडरूमको साथ आरामदायी फराकिलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। घुमाउरो बडी डिजाइनले यसको बाहिरी भागमा एरोडायनामिक र स्टाइलिश उपस्थिति दिने कम्पनीले जनाएको छ। रियर-भ्यू मिररहरू फ्लोटिङ ढाँचाको साथ उत्कृष्ट देखिने कम्पनीले् जनाएको छ।
मिनी इभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ। पछाडिको सिटहरू ५०:५० अनुपातमा एड्जस्ट गर्न सकिनुका साथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ। यो मिनी इभीमा सहरी ड्राइभिङ अनुभवलाई रमाइलो बनाउन स्मार्ट प्रविधिले भरिएको छ। स्टेयरिङ ह्वील सुविधाले भरिपूर्ण छ। यसमा भएको युनिक डिजाइन र फ्युचरिस्टिक कन्ट्रोलहरूले कारलाई थप प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।
यो मिनी इभीको अर्को विशेषता भनेको स्मार्ट-कि पनि हो। यस मिनी इभीमा ८.८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरुले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सक्छन्। गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरु देखाइनेछ। यसले प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।