बिहानैदेखि बन्द पोखरा र चितवन उडान खुल्यो, मौसमी प्रतिकूलताले आज ११२ उडान प्रभावित  

बिजमाण्डू
२०८० साउन २८ गते १५:१७ | Aug 13, 2023
बिहानैदेखि बन्द पोखरा र चितवन उडान खुल्यो, मौसमी प्रतिकूलताले आज ११२ उडान प्रभावित  


काठमाडौं। मौसमी प्रतिकूलताका कारण आइतबार बिहानैदेखि बन्द भएको पोखरा र चितवन उडान सात घण्टापछि खुला भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यी दुई गन्तव्य तर्फका उडान-अवतरण दिउँसो २ः१५ बजेदेखि खुला गरेको हो।

Tata
GBIME
NLIC

‘बिहानैदेखि पोखरा र चितवन उडान प्रभावित भएको थियो। पोखरातर्फ आजको पहिलो फ्लाइट भर्खरै भएको छ र चितवन-काठमाडौं पहिलो अवतरण भर्खरै भएको छ,’ एक कर्मचारीले भने,’अहिले ट्रंक सेक्टरका सबै उडान अवतरण नर्मल भएको छ।’

मौसमी प्रतिकूलताका कारण आइतबार तालिका सूचीकृत भएका ११२ उडान प्रभावित भइ अधिकतम दुई घण्टासम्म डिले हुने सम्भावना रहेको उनले जानकारी दिए।

मौसमी प्रतिकूलतासँगै बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवाले आफ्नो वेब पेज र एपमार्फत यात्रुलाई जानकारी गराउँदै आएको जनाएका छन्।