सर्वोत्तम सिमेन्टले ९ महिनामा गर्‍यो ३ अर्ब ६४ करोडको कारोबार, मन्दीको असर व्यापारमा

बिजमाण्डू
२०८० असार १२ गते १८:४४ | Jun 27, 2023
सर्वोत्तम सिमेन्टले ९ महिनामा गर्‍यो ३ अर्ब ६४ करोडको कारोबार, मन्दीको असर व्यापारमा

काठमाडौं। सर्वोत्तम सिमेन्टले सन् २०२२/२३ को ९ महिनामा ३ अर्ब ६४ करोड ९० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। २०२१/२२ मा कम्पनीको व्यापार केही घटेको छ।

Tata
GBIME
Nepal Life

२०२१/२२ मा कम्पनीले ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँको व्यापार गर्दा त्यसअघिको वर्ष २०२०/२१ मा कारोबार ८ अर्ब ९५ करोड रुपैयाँ थियो।

२०१९/२० मा ७ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र २०१८/१९ मा ७ अर्ब ४ करोड ७० लाख रुपैयाँ व्यापार गरेको थियो।
सर्वोत्तमसँग वार्षिक १० लाख टन क्लिंकरका साथै ग्राइन्डिङ क्षमता छ।

कम्पनीले ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ।