पुँजीबजार कर नीतिमा असहमत कारोबारी आन्दोलित, अर्थसचिवले थाले छलफल

बिजमाण्डू
२०८० जेठ २१ गते १०:२६ | Jun 4, 2023
पुँजीबजार कर नीतिमा असहमत कारोबारी आन्दोलित, अर्थसचिवले थाले छलफल


काठमाडौं। सरकारको कर नीतिका कारण सेयर बजार प्रभावित भएपछि अर्थसचिवले लगानीकर्तासँग वार्ता सुरु गरेका छन्।

Tata
GBIME
NLIC

अहिले अर्थमन्त्रालयमा लगानीकर्ताका प्रतिनिधिलाई राखेर अर्थसचिव अर्जुन पोखरेलले छलफल गरिरहेका छन्।

छलफलमा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल लगायत पनि छन्।

सरकारले पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरुलाई पुँजीगत लाभकरपछि पनि आयकर लिने व्यवस्था बजेटमार्फत घोषणा गरेको छ।

यही व्यवस्थापछि सेयर बजार ओरालो लाग्न थालेको छ। लगानीकर्ताले आन्दोलन घोषणा गरेका छन्।