
काठमाडौं। विद्युत बिक्री सुस्ताउदा पाँचथर पावर कम्पनीको नाफा ३८ प्रतिशत घटेको छ। चालु आवको चैतसम्म कम्पनीले ८ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। पोहोर यही अवधिमा आर्जन १३ करोड ९१ लाख रुपैयाँ थियो।
विद्युत बिक्री बापतको आम्दानी ७.५ प्रतिशत घटेको हो। २९ करोड ४२ लाख रुपैयाँ बराबरको विद्युत मात्रै बिक्री गरेको छ। पोहोर चैतसम्म ३१ करोड ८२ लाख रुपैयाँ बिक्री गरेको थियो।
सँगै बिक्री लागत पनि ह्वात्तै बढेको छ। गत वर्ष १ करोड ६८ लाख रुपैयाँ खर्चेको कम्पनीले अहिले २ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ।
बढेको ब्याजदरले कम्पनीको ब्याज भुक्तानी पनि उक्लिएको छ। चैतसम्म ९ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको हो। जुन पोहोरभन्दा १२.२५ प्रतिशत बढी हो।
चैत अन्त्यसम्म कम्पनीको प्रति सेयर आम्दानी ८.९४ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ ११४.०९ रुपैयाँ कायम छ।