प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



२०८० बैशाख २२ गते २०:३५
प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

Tata
GBIME

‘सर्वसम्मत रुपमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षमा बस्ने हामीले निर्णय गरेका छौं,’ बैठकपछि सभापति रवि लामिछानेले भने। पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि समर्थन गरेको थियो।

चार महिनापछि समर्थन फिर्ता लिएको रास्वपाका नेताहरुले बताएका छन्। पार्टी कार्यालय बसुन्धारामा बैठक बसेको थियो। वैशाख १० मा सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनपछि रास्वापाले सरकारमा जाने नजानेबारे निर्णय गरेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रास्वपालाई सहभागी गराउन पहल गरेका थिए। रास्वपाले उप निर्वाचनमा चितवन-२ र तनहुँ-१ मा चुनाव जितेको थियो। अहिले २१ सांसद रहेको रास्वपा प्रतिनिधि सभाको चौथो ठूलो दल हो।