
काठमाडौं। बिद्युत बिक्री आम्दानी खुम्चिएपछि सुपरमाई हाइड्रोपावरको नाफा प्रभावित भएको छ।
चालु आवको ९ महिनामा हाइड्रोले ४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमायो। पोहोर ८ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियो। खुद नाफा ४१.२४ प्रतिशतले साँधुरिएको छ।
यसबीच हाइड्रोको बिदुयुत बिक्री आम्दानी ८.३ प्रतिशत घटेको हो। चैतसम्म १७ करोड १४ लाख रुपैयाँमा आम्दानी सिमित छ। पोहोर चैतमा यस्तो आम्दानी १८ करोड ७० लाख रुपैयाँ थियो। हाइड्रोको बिक्री लागत भने सामान्य बढेको छ।
प्रतिकुल मौसमले उत्पादनमा गिरावट, ब्याजदर वृद्धि र मर्मत सम्भारका कारण मुनाफामा असर पुगेको कम्पनीले जनाएको छ।
ब्याजदर बढेका कारण वित्तिय खर्च केही बढेको देखिन्छ। पोहोर ५ करोड ब्याज भुक्तानी गरेकोमा यसपटक ६ करोड ७९ लाख रुपैयाँ खर्चेको छ।
आम्दानी साँघुरिएपछि प्रतिसेयर आम्दानी पनि ९.६७ रुपैयाँमा सिमित छ। हाइड्रोको प्रति सेयर आम्दानी २८५.२२ रुपैयाँ छ।