आइएमईको ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ योजना, ३१ गतेसम्म सञ्चालन

बिजमाण्डू
२०८० बैशाख ५ गते १६:२८ | Apr 18, 2023
आइएमईको ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ योजना, ३१ गतेसम्म सञ्चालन

काठमाडौं। आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिने छ।

यो योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्ने छन्।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने त्यस सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।