होन्डाले ल्यायो नयाँ वर्ष अफर ‘चुज योर स्किम,’ स्क्रयाच कुपनबाट १ लाखसम्म जित्न सकिने

बिजमाण्डू
२०८० बैशाख ५ गते ११:१६ | Apr 18, 2023
होन्डाले ल्यायो नयाँ वर्ष अफर ‘चुज योर स्किम,’ स्क्रयाच कुपनबाट १ लाखसम्म जित्न सकिने


काठमाडौं। होन्डाले ग्राहक आकर्षित गर्ने योजना ल्याएको छ। होन्डाको दुई पांग्रे साधनको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० अवसर पारेर ‘होन्डा चुज योर स्किम’ उपहार योजना ल्याएको हो।

Tata
GBIME
NLIC

योजनाअन्तर्गत होन्डाका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्‍न सकिने स्क्रयाच कुपन छ।

साथै, ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ वा १० हजारसम्मको अतिरिक्त स्क्रयाच कुपन पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसैगरी, १२ हजार ५०० सम्मको ५ वर्षको लागि वार्षिक मेन्टिनेन्स् कन्ट्रयाक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ। नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ।

होण्डाका दुई पांग्रे साधन खरिदकर्ताले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा पाउने कम्पनीले जनाएको छ।