केबलकार चढ्ने ह्वात्तै बढेपछि कालिन्चोक दर्शनको कारोबार ५४.०४% बढेर ५.७० करोड पुग्यो

बिजमाण्डू
२०७९ चैत्र १९ गते १४:४५ | Apr 2, 2023
केबलकार चढ्ने ह्वात्तै बढेपछि कालिन्चोक दर्शनको कारोबार ५४.०४% बढेर ५.७० करोड पुग्यो

काठमाडौं। ६ दिन अघि दोस्रो बजारमा कारोबारमा आएको कालिन्चोक दर्शन लिमिटेडले २०२१/२२ मा ५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दुई वर्ष २०१९/२० र २०२०/२१ कम्पनीले समान ३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२१/२२ मा १ लाख ३२ हजार यात्रुले केबलकारको सेवा लिएका थिए। जबकि २०२०/२१ मा यो जम्मा ९० हजार थियो।

२०२२/२३ को पहिलो ६ महिनामा ६५ हजार यात्रुले केबलकार सेवा लिइसकेका छन्। जसबाट कम्पनीले २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको बताइएको छ। अघिल्लो वर्ष २०२१/२२ को सोही अवधिमा कम्पनीले २ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।

१ किमी लामो केबुलबारमा कुल ४ वटा गोन्डेला छन्। प्रति घण्टा १९२ यात्रुले एकतर्फीरुपमा केबुलकारको यात्रा गर्न सक्छन्।

कम्पनीको ६० लाख कित्ता साधारण सेयर नेस्सेमा सूचिकृत भइसकेको छ। जसमध्ये १ लाख २० हजार कित्ता स्थानीयलाई,  वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई १० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुलाई ४८ लाख कित्ता सेयर छुट्याइएको थियो।