भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा निगम, क्वालालम्पुर उडान गर्ने

बिजमाण्डू
२०७९ चैत्र १४ गते ११:५६ | Mar 28, 2023
भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा निगम, क्वालालम्पुर उडान गर्ने

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान गर्ने भएको छ। निगमले अप्रिलबाट लागु हुने गरी यो विमानस्थलबाट साताको दुईवटा उडान स्लट पाएको छ।

Tata
GBIME
Nepal Life

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार साताको मंगलबार र विहीबार उडान गर्ने तालिका पाएको छ।

उनका अनुसार निगमले काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान गर्नेछ। भैरहवाबाट उडानका लागि निगमले गृहकार्य थालिसकेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले भाडादर भने तय गरेको छैन। प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै केही महिना अघि काठमाडौं-दिल्ली उडानको स्लट काटेको थियो।

त्यो स्लट काटेपछि प्राधिकरण र निगमको नेतृत्वबीच विवाद पनि भएको थियो। त्यसपछि प्राधिकरणलाई समस्यामा पार्न निगमले काठमाडौं-दिल्ली- भैरहवा- काठमाडौं उडानको प्रस्ताव राखेको थियो।