तीन करोड जनतामध्ये ३.१ % परिवारसँग मात्रै छ कार, सबैभन्दा कम कर्णालीमा

बिजमाण्डू
२०७९ चैत्र १० गते १७:५५ | Mar 24, 2023
तीन करोड जनतामध्ये ३.१ % परिवारसँग मात्रै छ कार, सबैभन्दा कम कर्णालीमा

काठमाडौं। नेपालका  २ करोड ९१ लाख जनसंख्यामा ३.१ प्रतिशत परिवारले निजी कार र २७.३ प्रतिशत परिवारसँग दुई पाङ्ग्रे सवारी साधन छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। सोही बमोजिम तथ्यांक नेपालका ३.१ प्रतिशत परिवारमा निजी कार, जीप र भ्यान भएको जनाएको छ। साथै, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन भएको तथांकले देखाएको छ।

त्यसैगरी, ३५ प्रतिशत परिवारमा साइकल प्रयोग हुने गरेको उल्लेख छ।

नगरपालिकाहरुमा ४.१ प्रतिशतले निजी सवारी साधन प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले निजी कार प्रयोग गर्छन्।

सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग मोटर प्रयोग गर्छन्।

यस्तै, प्रदेश अनुसार कोशी प्रदेशमा कार चढ्ने २.२ प्रतिशत, दुईपाङ्ग्रे चढ्ने २४.८ प्रतिशत र साइकल चढ्ने ४०.८ प्रतिशत रहेका छन्। मधेश प्रदेशमा १.४ प्रतिशत घरपरिवारमा कार छन्। यस्तै, ३४.१ प्रतिशत परिवारमा दुई पाङ्ग्रे सवारी साधानको पहुँच छ भने ६७.४ प्रतिशत परिवारमा साइकलको पहुँच रहेको तथ्यांकले देखाएको छ।

यसैगरी, बागमती प्रदेशमा रहेका ६.४ परिवारमा निजी कार छन्। ३५.८ प्रतिशत परिवारले दुई पाङग्रे सवारी साधानको प्रयोग गर्छन। साथै, यो प्रदेशमा भने साइकल प्रयोग गर्ने परिवार कम छन्। यो प्रदेशमा १५.५ प्रतिशत परिवारले साइकल प्रयोग गर्छन।

तथ्यांक अनुसार गण्डकी प्रदेशमा रहेका ३.६ प्रतिशत परिवारले निजी कार चढ्छन्। २४.२ प्रतिशत परिवारले दुई पाङ्ग्रे र १३.६ प्रतिशत परिवारले साइकल प्रयोग गर्छन्। यस्तै, लुम्बिनी प्रदेशमा २.५ प्रतिशत परिवारमा कार, २५.५ प्रतिशतमा दुई पाङ्ग्रे र ४६.१ प्रतिशत परिवारमा साइकल रहेका छन्।

यस्तै, कर्णाली प्रदेशमा रहेका ०.८ प्रतिशत परिवारले निजी कार, ६.७ प्रतिशत परिवारले दुई पाङ्ग्रे र १.८ प्रतिशत घरपरिवारले साइकल चढ्छन्। सुदुरपश्चिम प्रदेशमा पनि १.१ प्रतिशत परिवारले निजी कार, १५.६ प्रतिशतले दुई पाङ्ग्रे र ३७.६ प्रतिशतले साइकल प्रयोग गर्छन्।