नेपाल इटाली चेम्बरको अध्यक्षमा सञ्‍जय अग्रवाल, वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी चयन

बिजमाण्डू
२०७९ चैत्र ९ गते १७:०३ | Mar 23, 2023
नेपाल इटाली चेम्बरको अध्यक्षमा सञ्‍जय अग्रवाल, वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी चयन


काठमाडौं। नेपाल इटाली चेम्बर अफ कमर्शको अध्यक्षमा सञ्‍जय अग्रवाल चयन भएका छन्। संघको ९औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन्।

Tata
GBIME
NLIC

उनी रमेश कर्पका कार्यकारी निर्देशक हुन्। संघको वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी चयन भएका छन्। उनी एनडिज डेरीका प्रबन्ध निर्देशक हुन्। संघको उपाध्यक्षमा मनोज ज्ञवाली चयन भएका छन्।

उनी नबिल बैंकका डेपुटी सीइओ हुन्। संघको महासचिवमा तीर्थबहादुर रोक्का, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा रोम घिमिरे र मनोज श्रेष्ठ चयन भएका छन्।

संघको सदस्यहरुमा अन्ना मारिया, अरुण केसी, विना प्याकुर्‍याल श्रेष्ठ, भुवन फैँजु, वीरेन्द्र शाही, किशन सुनुवार, किशोर भट्टराई, निरज श्रेष्ठ, सञ्‍जय अग्रवाल(श्रर्फ), सरिक बोगटी, साम्बा लामा, शम्भु लामा, सुवास विक्रम शाह, सुमित धानुका, सुशील जैन, विनोद सागतानी र युगेश बादे चयन भएका छन्।