नेपाल उद्योग परिसंघको वेटिङ प्रेसिडेन्टमा राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत

बिजमाण्डू
२०७९ चैत्र ८ गते १९:१७ | Mar 22, 2023
नेपाल उद्योग परिसंघको वेटिङ प्रेसिडेन्टमा राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत


काठमाडौं। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल सर्वसम्मत चयन भएका छन्। अग्रवाल अहिले उपाध्यक्ष छन्।

Tata
GBIME
Nepal Life

बुधबार परिसंघको गभर्निङ काउन्सिल मिटिङबाट अग्रवाल सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन्। वरिष्ठ उपाध्यक्षको आकांक्षीमा कृष्णप्रसाद अधिकारी पनि थिए। तर बैठकबाट अग्रवाल छानिएका हुन्। काउन्सिलको संयोजकमा इमिरेट्स प्रेसिडेन्ट विनोद चौधरी छन्।

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ। स्रोतका अनुसार दुई महिनापछि हुने परिसंघको साधारणसभापछि अग्रवाल अध्यक्ष हुनेछन्।

अहिले परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल छन्। अग्रवाल निर्माण सामाग्री उद्योगको पायोनियर आरएमसी ग्रुपका कार्यकारी निर्देशक हुन्। ५३ वर्षका अग्रवाल ३० वर्ष अघि उद्योग व्यवसायमा छिरेका थिए।

३० वर्ष अघि राजेश हार्डवेयरबाट उनले व्यवसाय हेर्न थालेका थिए। संयुक्त पारिवारिक व्यवसायको रुपमा रहेको राजेश हार्डवेयर हुँदै आरएमसी मेटल, आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट र आरएमसी फूड लगायतका ठूला उद्योगलाई विश्वासिलो बनाउन उनको महत्वपूर्ण भूमिका छ।

यो वाहेक यो समूहको बैंक तथा बीमा पनि लगानी छ। वित्तीय व्यवस्थापन गर्न अब्बल रहेका अग्रवालको यो समूहले अहिले वार्षिक १२ अर्बको कारोबार गर्छ। अग्रवाल व्यवसायिक क्षेत्रमा स्पस्ट बक्ता हुन्।

लो प्रोफाइलमा बस्न रुचाउने अग्रवाल डेलिभरी भने समयमै हुनुपर्ने विश्वास राख्छन्। अग्रवाल सरकारसँग समन्वयकारी भूमिका निभाउनसक्ने खुबी पनि छ। औद्योगिक क्षेत्र र राजस्वमा समेत राम्रो ज्ञान भएका अग्रवालले नीतिगत तहमा समेत राम्रो इन्पुट दिनसक्छन्।