शनिबार प्राविधिक समस्या आएको बुद्धको जहाज रिलिज, थप छानविन गर्न कम्पनीलाई निर्देशन



२०७९ चैत्र ५ गते १८:१२
शनिबार प्राविधिक समस्या आएको बुद्धको जहाज रिलिज, थप छानविन गर्न कम्पनीलाई निर्देशन


काठमाडौं। शनिबार काठमाडौं-सुर्खेत उडानका क्रममा प्राविधिक समस्या आएपछि ग्राउण्डेड गरिएको बुद्धको जहाज नागरिक उड्डयन प्राधिकरणले आइतबार रिलिज गरेको छ। प्राधिकरणले इन्जिनियरिङमा त्रुटी देखिएसँगै कम्पनीलाई छानविन गर्न निर्देशन दिएको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

TATA
GBIME

‘एयर स्पिड इन्डिकेटरमा समस्या आएको हवाई सुरक्षा विभागले जनाएको छ। विभागले दिएको राय अनुसार यो जहाज मर्मत संभारमा आवद्ध एकजना इन्जिनियरलाई अझै ग्राउण्डेड गरिएको छ,’ प्रवक्ता निरौलाले भने,’कम्पनीलाई छानविन गर्न निर्देशन दिइएको छ। त्यसकै आधारमा थप कारवाही अगाडी बढाइनेछ।’

शनिबार उडान गर्दागर्दै काठमाडौं अवतरण गरेको बुद्ध एयरको जहाजमा एयर स्पिड इन्डिकेटर ‘एएसआइ’ समस्या आएको थियो।

एटीआर जहाजमा जडान गरिएको तीनवटा एएसआइ मध्ये एउटा स्ट्याण्ड बाइ रहने र एउटामा समस्या आएपनि तीन दिन सम्म उडान गर्न सकिने म्यानुअल रहेको जनाइएको छ।

शनिबारको उडानमा इन्डिकेसन हल्लिएको पाइएपछि पाइलटले जहाज पुनः काठमाडौं अवतरण गरेका थिए।

‘जहाजमा स्टाटीक पोर्ट र पिटुट ट्युब हुन्छ। दुईवटा उपकरणको साहयताबाट जहाजले एयर लिन्छ। यसमार्फत जहाज एयरप्रेसर निकालेर स्पिड निर्धारण गर्छ। यस अन्तर्गत जहाजलाई आवश्यक पर्ने ग्राउण्ड स्पिड र एयरस्पिड सन्तुलित गरेको हुन्छ,’प्राधिकरणका एक प्राविधिकले भने।


Sunrise Bank