एभरेष्ट बैंकले सस्तो दरमा अटो लोन दिने, प्युजो र सिट्रोन किन्नेलाई ऋण दिन सम्झौता

बिजमाण्डू
२०७९ चैत्र ४ गते १५:२१ | Mar 18, 2023
एभरेष्ट बैंकले सस्तो दरमा अटो लोन दिने, प्युजो र सिट्रोन किन्नेलाई ऋण दिन सम्झौता


काठमाडौं। एभरेष्ट बैंकले अबदेखि इन्धन गाडी खरिद गर्न पनि सस्तो दरमा सजिलै ऋण उपलब्ध गराउने भएको छ।

Tata
GBIME
Nepal Life

यसका लागि शुक्रबार प्युजो र सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स र एभरेष्ट बैंकबिच इन्धन गाडी खरिद गर्ने ग्राहकहरुलाई सस्तो दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा बैंकका उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्स प्रालिका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई एभरेष्ट बैंकका सबै शाखाहरूबाट‍ सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ।

बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएको छ।