सुन एक सातामै तोलामा ३६ सय बढ्यो, साताको अन्तिममा प्रतितोला १ लाख ७ हजारमाथि



२०७९ चैत्र ३ गते ११:५५
सुन एक सातामै तोलामा ३६ सय बढ्यो, साताको अन्तिममा प्रतितोला १ लाख ७ हजारमाथि


काठमाडौं। सुनको भाउ लगातार उकालो लागेको छ। नेपाली बजारमा शुक्रबार सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME

बिहीबारका तुलनामा तोलामा ४ सय बढेको हो भने गत आइतबारका तुलनामा ३ हजार ६ सय बढेको हो। गत आइतबार तोलाको १ लाख ३ हजार ५ सय थियो।

गत सोमबार त्यसमा ६ सय बढेर मूल्य निर्धारण भएको थियो भने १ हजार ६ सय बढेर निर्धारण भएको तोलाको १ लाख ५ हजार ७ सयमा मंगलबार र बुधबार स्थिर थियो। बिहीबार १ हजार बढेर १ लाख ६ हजार ७ सय पुगेको थियो।

चाँदी पनि बढेको छ। अघिल्लो दिनका तुलनामा ५ रुपैयाँ बढेर तोलाको १३ सय १० भएको छ।

विश्वबजारमा देखिएको मन्दीसँगै लगानीकर्ता स्टक छाडेर सुनचाँदीमा लगानीमा आकर्षित भएको देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १९३०.६१ डलर छ। गत आइतबार प्रतिऔंस १८६७.३ डलर थियो। चाँदी प्रतिऔंस २१.९८ डलरमा कारोबार भइरहेको छ। गत आइतबार चाँदी प्रतिऔंस २०.५३ डलर थियो।       


Sunrise Bank