
काठमाडौं। नेपाल पर्यटन बोर्डले पर्यटन मन्त्रालय र संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व पर्यटन संगठनसँगको सहकार्यमा गुणस्तरीय पर्यटनका लागि तथ्याङ्क कार्याशाला सुरु गरेको छ।
शुक्रबारसम्म आयोजना हुने कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स , कम्बोडिया, लाओस,कोरिया,थाइल्याण्ड, स्पेन,लगायत ११ देशको सहभागीता रहेको बोर्डले जनाएको छ।
कार्यक्रम उट्घाटनसत्रमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी सँगै ग्रामीण तहसम्म विकास र विस्तार गर्न आवश्यक रहेको बताए।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रर्वद्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमापर्यटक आगमनमा वृद्धि गर्दै प्राप्तलाभ लक्षित यो कार्यशाला बहुउपयोगरी रहेको जानकारी गराए।
विश्व पर्यटनका विभिन्न आयाममा छलफल गर्दै पर्यटनउद्योगलाई चलायमान गराउनका लागि विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आएको बोर्डले जनाएको छ।
यो कार्यक्रममार्फत मुलुकले विश्व पर्यटनका नयाँ आयामबारे थप जानकार हुनका साथै अनुभव आदानप्रदान र दीगो पर्यटन अगाडी बढाउन सकिने जनाइएको छ।