
काठमाडौं। नेपाल बीमा प्राधिकरणले सीमित व्यापारिक घराना पोस्नेगरी ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स दिएको खुलेको छ।
संघीय संसद् र प्रदेश सभा निर्वाचन सकिए लगत्तै हतार-हतार प्राधिकरणले लाइसेन्स बाँडेको थियो। प्राधिकरणले ३ जीवन र ४ वटा निर्जीवन कम्पनीलाई लाइसेन्स दिएको हो।
लघुबीमा कम्पनीमा ३१ वटाले आवेदन दिएका थिए। तैपनि पहिले नै निश्चित समूहलाई दिने सेटिङ तयार भएको थियो। त्यही सेटिङका आधारमा लाइसेन्स दिइएको थियो।
सेटिङमा लाइसेन्स पाउने समूहले सय रुपैयाँको सेयर १ सय ५० रुपैयाँसम्म बिक्री गरेको थियो। सुरुमा दुई सय रुपैयाँ प्रस्ताव गरेको त्यो समूहले अन्तिममा पैसा हाल्ने व्यक्ति नभएपछि १ सय २० रुपैयाँसम्म बिक्री गरेको थियो। विगतमा पनि जीवन र निर्जीवनको लाइसेन्स दिँदा सीमित व्यापारिक घराना पोस्नेगरी नै दिइएको थियो।
त्यसैलाई प्राधिकरणले निरन्तरता दिँदै लघुबीमाको लाइसेन्स दिइएको हो। त्यसरी प्राधिकरणले लाइसेन्स दिएका सात कम्पनीका ठूला लगानीकर्तामा शंकर समूह, इन्फिनिटी होल्डिङ, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, अम्बे समूहका अध्यक्ष शोभाकर न्यौपाने (हरि), केएल दुगड ग्रुपका अध्यक्ष र प्रबन्ध निर्देशक किसनलाल दुगड, कुमुद दुगड, आरएमसी जस्तापाता, मेटल पाइप र रोलिङ सटरको उत्पादक तथा बिक्रेता राजेश मेटल क्राफ्टका राजेश अग्रवाल सातवटा बीमा कम्पनीको ठूला संस्थापक सेयरधनी हुन्।
गार्जियनमा शंकरलाल अग्रवालको होल्ड
गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा व्यक्ति तथा संस्था गरेर कुल ४७ लगानीकर्ता छन्। यो कम्पनीमा १९ लगानीकर्ताहरुको सेयर ५० हजार कित्ता भन्दा धेरै छ।
यो कम्पनीमा सर्वाधिक संस्थापक सेयर स्वामित्व एसजी फिनक्रपको छ। कम्पनीले गार्जियनको ११ लाख २५ हजार कित्ता सेयर किनेको छ। एसजीको संचालक शंकरलाल अग्रवाल हुन्।



यस्तै नेपबुल्स क्यापिटलले ७ लाख ५२ हजार कित्ता, इन्फिनिटी होल्डिङले ६ लाख कित्ता, टिटानियम क्यापिटलले ५ लाख ५० हजार कित्ता, राजबहादुर शाह, हुलास अटो क्राफ्ट र शुभम् दुगडको ३-३ लाख कित्ता लगानी गरेका छन्।
यो कम्पनीमा मेटा इन्भेष्टमेन्ट कम्पनीको १ लाख २५ हजार कित्ता र सुलोचना अग्रवाल, लीला अग्रवाल, प्रिन्सेल इमेजिङको १-१ लाख कित्ता र लतिका गोल्याणको ७५ हजार कित्ता, विनु अग्रवाल, प्रवीण दाहाल, शरद गोल्छा, पशुपति मुरारका, मीना श्रेष्ठ, शिरिषकुमार मुरारका र राजेशकुमार अग्रवालको सेयर ५०-५० हजार कित्ता सेयर छ।
क्रेष्ट माइक्रो लाइफमा मेट्रो क्यापिटलको सेयर धेरै
यो लघु जीवनबीमा कम्पनीमा पनि ठुला लगानीकर्ताहरुको लगानी छ। कम्पनीमा मेट्रो क्यापिटल प्राइभेट लिमिटेडको सर्वाधिक संस्थापक सेयर स्वामित्व छ।
कम्पनीमा मेट्रो क्यापिटलको ११ लाख २४ हजार ५०० कित्ता सेयर छ भने अवन्ती फिनक्रप प्रालिको पनि ११ लाख कित्ता सेयर छ। मेट्रो क्यापिटलका संचालकमा मृदुला सरिया छन्। अवन्ती फिनक्रपमा सुनीलकुमार झुनझुनवाला संचालक छन्।
यस्तै किसनलाल दुगड र केआरएस इन्भेष्टमेन्ट प्रालिको ३ लाख ५० हजार कित्ता, श्रद्धा अग्रवालको २ लाख २७ हजार कित्ता, संगीतादेवी मोरको २ लाख ८ हजार ५०० कित्ता, अनुपम राठीको १ लाख ७५ हजार कित्ता, कल्याणी इन्भेष्टमेन्टको १ लाख ७३ हजार, सुमन मोर र बिना मोरको १ लाख ५२ हजार, आरएमसी कन्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट, इफिसियन्ट हाउजिङ एण्ड इन्भेष्टमेन्ट, आरएच इन्भेष्टमेन्ट एण्ड डेभलपर्स र शोभाकर न्यौपानेको १/१ लाख कित्ता सेयर छ।



केआरएसका संचालकमा नितेश मालपानी, रघुनाथ घिमिरे, राजीवकुमार बेरुवाल, कमलकिशोर मालपानी र श्रवणकुमार बेरुवाल छन्।
यस्तै, एलिट हाउजिङले यो कम्पनीमा ६२ हजार ५०० कित्ता लगानी गरेको छ। यस्तै अनिशकुमार गोल्यान, ग्रीन अर्थ इन्भेष्टमेन्ट, विजयसिंह वैद्य, जीवनकुमार अग्रवाल, महेशकुमार अग्रवाल, विश्वनाथ गोयल, बालाजी मार्वल, मिनोल्टा इन्भेष्टमेन्ट, गौरव गोयल लगायतका लगानीकर्ताहरुको सेयर स्वामित्व ५०/५० हजार कित्ता छ।
स्टार माइक्रो इन्स्योरेन्समा तीन इन्भेष्टमेन्ट कम्पनीको होल्ड
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी निर्जीवन लघुबीमा कम्पनी हो। यो कम्पनीमा ३२ जना संस्थापकहरु छन्। जसमध्ये ८ ठुला लगानीकर्ताहरु छन्।
यो कम्पनीमा सर्वाधिक सेयर घान्द्रुक इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, कल्याणी क्यापफिन, तथा लोबुचे इन्भेष्टमेन्ट कम्पनीको रहेको छ। तीन कम्पनीले यो लघुबीमामा ११ लाख २५ हजार कित्ताका दरले संस्थापक सेयर लगानी गरेका छन्। घान्द्रुकको संचालकमा रेणु अग्रवाल छिन्। कल्याणी क्यापफिनमा रितेश प्रधान र लोबुचेमा श्रेया रुंगटा संचालक छिन्।


यस्तै कम्पनीमा ऊर्जा फिनक्रपको ७ लाख कित्ता, कविता लोहियाको ५ लाख कित्ता, गोदावरी फिनक्रपको २ लाख ५० हजार कित्ता र लक्ष्मी बैंकको ७४ हजार ५०० कित्ता संस्थापक सेयर छ।
नेपाल माइक्रो इन्स्योरेन्समा दीपक भट्टको होल्ड
ठुला तथा नाम चलेका व्यापारिक समूहको यो लघु बीमामा लगानी छ। कम्पनीमा ४८ जना लगानीकर्ताहरुको संस्थापकमा लगानी छ। जसमध्ये २० ठुला लगानीकर्ता छन्।
यस कम्पनीमा सारथी क्यापिटलको सर्वाधिक सेयर छ। यो क्यापिटलको यो लघु बीमामा ११ लाख १५ हजार कित्ता संस्थापक सेयर छ। सेन्ट्रम क्यापिटलले ७ लाख ३२ हजार कित्ता, इन्फिनिटी होल्डिङले ६ लाख कित्ता, टिटानियम क्यापिटलले ५ लाख ५० हजार कित्ता, रहिशा साख: श्रेष्ठ र हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेडको ३/३ लाख कित्ता, प्रेम गुरुङ एण्ड ग्रुपको १ लाख २५ हजार कित्ता, प्रिन्टसेल इमेजिङ, सुलोचना अग्रवाल र लीला अग्रवालको १/१ लाख कित्ता संस्थापक सेयर छ।
इन्फिनिटी होल्डिङको प्रवन्ध निर्देशक दीपक भट्ट हुन्।



यस्तै टिटानियम क्यापिटलमा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा र दीपक भट्ट संचालक छन्। हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हुन्।
गोल्याण ग्रुपबाट बाहिरिएर मेड इन नेपाल कम्पनी खोलेकी लतिका गोल्याणको यो कम्पनीमा ७५ हजार कित्ता सेयर छ। बिजवल्ड एडभाइजरी, शरद गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, प्रवीना दाहाल, बिनु अग्रवाल, मुरारका समूहकै शिरिष मुरारका र राजेशकुमार अग्रवाल र मीना श्रेष्ठको सेयर ५० हजार कित्ता छ।
प्रोटेक्टिभ माइक्रोमा सरियाको होल्ड
कम्पनीमा २४ व्यक्ति तथा संस्थाको स्स्थापक सेयर ५० हजार कित्ता बढी छ। मेट्रो क्यापिटल प्राइभेट लिमिटेडको सबैभन्दा धेरै यो कम्पनीमा सेयर छ। कम्पनीमा यो क्यापिटलको ११ लाख १४ हजार ५०० कित्ता सेयर रहेको छ। मेट्रोमा मृदुला सरिया संचालक छिन्।
यस्तै रुद्र फिनक्रपको ११ लाख कित्ता, केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुदकुमार दुगडको ३ लाख ५० हजार कित्ता, केआरएस इन्भेष्टमेन्टको ३ लाख ५० हजार कित्ता, श्रद्धा अग्रवालको २ लाख ३७ हजार ५०० कित्ता, संगीतादेवी मोरको २ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर छ।


कम्पनीमा अनुपम राठीको संस्थापक सेयर १ लाख ७५ हजार, कल्याणी इन्भेष्टमेन्ट प्रालिको १ लाख ६८ हजार, सुमन मोर र बिना मोरको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर छ। यस्तै राजेश हार्डवेयर, एक्सपर्ट हाउजिङ, अम्बे समूहका अध्यक्ष शोभाकर न्यौपाने र आरएमसी कन्ट्रक्सनको सेयर स्वामित्व १/१ लाख कित्ता छ।
यस्तै इक्विटी हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता, शिवम् सिमेन्टका संस्थापक अध्यक्ष विश्वनाथ गोयल, बालाजी मार्बल, महेशकुमार अग्रवाल, आशिषकुमार गोयल, ग्रीन अर्थ इन्भेष्टमेन्ट, गौरव गोयल, मिनोल्टा इन्भेष्टमेन्ट, विजयसिंह वैद्य र जीवनकुमार अग्रवालको ५०/५० हजार कित्ता संस्थापक सेयर यो कम्पनीमा छ।
ग्रीन अर्थको संचालकमा सविता कुमारी, सतिशकुमार मोर, राजकुमार मोर र श्रवणकुमार मोर छन्। सतिश नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हुन्। ग्रीन इन्भेष्टमेन्ट उनको परिवारको नाममा छ।
ट्रष्ट माइक्रो इन्स्योरेन्समा रचित र सैलेशको होल्ड
यो कम्पनीमा ५३ जना लगानीकर्ताहरु छन्। जसमध्ये १६ लगानीकर्ताहरुको संस्थापक सेयर ५० हजार कित्ता भन्दा बढी रहेको छ।
कम्पनीमा सफारी इन्भेष्टमेन्ट र रिजेन्सी फिनक्रप प्राइभेट लिमिटेडको सबैभन्दा बढी सेयर छ । यी दुई संस्थाको सेयर यो लघु बीमामा ९/९ लाख कित्ता छ। सफारी इन्भेष्टमेन्टको संचालकमा सैलेश अग्रवाल छन्। रिजेन्सीमा रचित अग्रवाल संचालक छन्।



विप्रो फिनक्रपको ८ लाख २५ हजार, साइन रेसुङा डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार कित्ता, भिजन लुम्बिनी लिमिटेडको २ लाख ५० हजार कित्ता, आविस्कार होल्डिङ एण्ड इन्भेष्टमेन्टको १ लाख ७५ हजार कित्ता, जगतबहादुर पोखरेलको ९० हजार कित्ता, तानेश्वर पौडेलको ७५ हजार कित्ता, प्रकाश पौडेलको ७५ हजार कित्ता, नारायणप्रसाद खनालको ७० हजार कित्ता, गोपाल प्रसाद दंगालको ६५ हजार कित्ता, जनार्दनदेव पन्तको ६० हजार कित्ता र दुर्गाप्रसाद सुवेदी, रविन पोखरेल, शेरबहादुर बस्नेत र भिजन लुम्बिनी इन्भेष्टमेन्ट कम्पनीको ५०/५० हजार कित्ता संस्थापक सेयर यस कम्पनीमा छ।
लिबर्टी माइक्रो लाइफमा रेमी क्याफिनको धेरै सेयर
यो कम्पनीमा २२ जना लगानीकर्ता छन्। जसमा ८ ठुला लगानीकर्ताहरु छन्। रेमी क्याफिन यो कम्पनीमा सबैभन्दा बढी सेयर छ। कम्पनीमा क्याफिनले ९ लाख कित्ता सेयर लगानी गरेको छ।

त्यस्तै, रिफलक्स क्याफिन र लाङटाङ इन्भेष्टमेन्टले ८ लाख ७५ हार कित्ता, पालडोर इन्भेष्टमेन्टले ८ लाख ७१ हजार कित्ता, गति फिनक्रपले ६ लाख ६४ हजार कित्ता, कविता लोहनीले ५ लाख कित्ता, गोदावरी फिनक्रपले २ लाख ५० हजार कित्ता र लक्ष्मी बैंकले ७४ हजार ५०० कित्ता संस्थापक सेयर लगानी छ। रिफलक्सको संचालकमा सैलेश अग्रवाल छन्। यस्तै गति फिनक्रपको मनोजकुमार अग्रवाल संचालक छन् भने लाङटाङको संचालकमा श्रेया रुंगटा छिन्।