सीसीपीआईटीका उपाध्यक्ष शाओगाङले भने-‘नेपालले ठूलो प्रविधियुक्त उद्योगको सोच बनाए चीनले साथ दिन्छ’

२०७९ फागुन २९ गते १८:४८
सीसीपीआईटीका उपाध्यक्ष शाओगाङले भने-‘नेपालले ठूलो प्रविधियुक्त उद्योगको सोच बनाए चीनले साथ दिन्छ’


काठमाडौं। नेपालले ठूलो प्रविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष झाङ शाओगाङले बताए।

Tata
GBIME

सोमबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्दै वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल  ट्रेड'(सीसीपीआईटी)का उपाध्यक्ष शाओगाङले सो धारणा राखेका हुन्।

उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदुत छन् सोङसहित श्रेष्ठलाई भेटेका हुन्।

उनले झण्डै चार वर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि अब सहजता हुने बताए।

कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको शाओगाङले बताए। नेपाल पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको सुनिश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए।

भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गर्ने बताए।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल व्यापार घाटा उनले बताए।


Sunrise Bank