‘स्याल कराउने र बाख्रा हराउने’ हुँदा सेयर बजार ओरालो लाग्यो, घट्दो ब्याजको प्रभाव देखिएन

२०७९ फागुन २९ गते १५:२१
‘स्याल कराउने र बाख्रा हराउने’ हुँदा सेयर बजार ओरालो लाग्यो, घट्दो ब्याजको प्रभाव देखिएन


काठमाडौं। सेयर बजार २४.६८ अंकले ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले आइतबार साँझ ल्याएको अन्तिम करदाता सुविधा कार्यविधि ल्याएपछि बजार घटेको लगानीकर्ताले बताएका छन्।

TATA
GBIME

अन्तिम ऋणदाता सुविधालाई लगानीकर्ताले अमेरिकी बैंक डुबेको घटनासँग जोडेर हेरेका छन्। अमेरीकाको सिलिकन भ्याली बैंक टाट पल्टिएलगत्तै राष्ट्र बैंकले राष्ट्र बैंकले पनि नेपाली बैंकको उद्धारका लागि भन्दै अन्तिम ऋणदाता सुविधा कार्यविधि ल्याएको ब्याख्याले लगानीकर्ता निरास भएका हुन्।

तरलता सहज भएर ब्याज दर घट्ने संकेत देखिइरहेका बेला राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा ल्याएको छ। नेपालको बैंकहरु पनि कतै संकटमा जान लागेर त अन्तिम ऋणदाता सुविधा ल्याइएको होइन भन्ने विश्लेषण लगानीकर्ताको छ।

ब्रोकरका अनुसार, स्याल कराउने र बाख्रा हराउनेजस्तो घटना देखिँदा लगानीकर्ता त्रसित भएका हुन्। यद्यपी अमेरिकी बैंक नडुब्दा र अन्तिम ऋणदाता सुविधा नल्याउँदा पनि बजार घटेको थियो।

राष्ट्र बैंकको अन्तिम ऋणदाता सुविधा र अमेरिकी बैंक डुब्ने घटनाबीच कुनै साइनो पनि छैन। राष्ट्र बैंकले मौद्रिक नीतिमै अन्तिम ऋणदाता सुविधा कार्यविधि ल्याउने घोषणा गरिसकेको थियो।

आज नेप्से परिसूचक २४.६८(-१.२५%) अंकले घटेर १९५१.२१ बिन्दुमा झरेको छ।  यस्तै आज सेन्सटिभ पनि ५.४६ अंकले घटेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स उपसमुह सबैभन्दा प्रभावित देखिएको छ। माइक्रोफाइनान्स १.६२ प्रतिशत, वाणिज्य बैंक १.६१ प्रतिशत र विकास बैंक १.११ प्रतिशतले घटेको छ।

आज दिनभरको कारोबार अवधिमा १ अर्ब १६ करोड बराबरको सेयर कारोबार भएको छ। आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआइसी एशिया छ।


Sunrise Bank