श्री एयरलाइन्सको जहाजमा छैन प्राविधिक समस्या, क्यानले क्लिन चिट दिएपछि शनिबारबाट नियमित उडान

२०७९ फागुन २६ गते १८:०८
श्री एयरलाइन्सको जहाजमा छैन प्राविधिक समस्या, क्यानले क्लिन चिट दिएपछि शनिबारबाट नियमित उडान


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमा चेकजाँच गर्दा कुनै प्राविधिक समस्या नभेटेपछि क्लिन चिट दिएको छ।

Tata
GBIME

प्राधिकरणले विहीबार एउटा जहाजको इन्जिन फेल भएपछि श्रीका सबै जहाज ग्राउण्डेड गरेर शुक्रबार चेकजाँच गरेको थियो। प्राधिकरणको इन्जिनियरिङको टोलीले सबै जहाजको अपरेसन सुरक्षा र कम्पनीको वित्तीय स्थिति अध्ययन गर्दा कुनै खराबी नभेटेको र उडान सुरक्षित रहेको पत्र दिएको छ।

यो पत्र पाएलगत्तै श्रीले शनिबारदेखि नियमित उडान गर्नेछ। बिहीबार विहान कम्पनीको काठमाडौं-भैरहवा उडान गर्ने क्रममा दायाँ पट्टीको इन्जिनमा फायरको इन्डिकेशन आएलगत्तै आकस्मिक अवतरण गरिएको थियो।

कम्पनीले आफूसँग भएको कुल ८ मध्ये चार वटा जहाजमार्फत मुलुकको विभिन्न गन्तब्यमा दैनिक १५ वटा उडान सेवा दिँदै आएको छ। कम्पनीले दुईवटा सीआरजे-२००, दुईवटा सीआरजे-७०० र चारवटा टर्बोप्रोप क्यु-४०० छन्।


Sunrise Bank