
काठमाडौं। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ।
सहकारीको भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको हो।
सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै नेफ्स्कूनले निर्माण गरेको मीरा इआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बिमाको प्रमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सकिनेछ।