प्रभु इन्स्योरेन्सले ७.०५ प्रतिशत लाभांश पारित गर्‍यो, व्यवसाय वृद्धिसँगै सुशासन कायम गर्ने चुनौती

बिजमाण्डू
२०७९ फागुन २३ गते १७:०३ | Mar 7, 2023
प्रभु इन्स्योरेन्सले  ७.०५ प्रतिशत लाभांश पारित गर्‍यो, व्यवसाय वृद्धिसँगै सुशासन कायम गर्ने चुनौती


काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभाले ७.०५ प्रतिशत लाभांश पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ।

कम्पनी अध्यक्ष कुसुम लामाले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम न्यूनीकरण गर्नुपर्ने बताईन्।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाज सेवाको काम गर्दै आएको बताईन्।