युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट भयो स्वीकृत

२०७९ फागुन १८ गते ११:११
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट भयो स्वीकृत


काठमाडौं। विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावरलाई गत आर्थिक वर्षको नाफाबाट कुल ७.३६ प्रतिशत लाभांश वितरण गर्न स्वीकृती दिएको छ।

Tata
GBIME

हाइड्रोपावरले चुक्ता पुँजी १ अर्ब १५ करोड बराबरको ७ प्रतिशतले बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्न नियमन आयोगबाट सहमति पाएको हो।

कम्पनीले सो लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्नेछ।

यो कम्पनीले यसअघिका चार आर्थिक वर्षहरुमा नगद लाभांशलाई नै प्राथमिकता राखेको थियो। तर गत वर्षको नाफाबाट भने पहिलो पटक कम्पनीले बोनस सेयर वितरण गर्ने भएको हो।

यस अघि कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा लगानीकर्ताहरुलाई कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।


Sunrise Bank