सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्यो

बिजमाण्डू
२०७९ फागुन १७ गते १०:५७ | Mar 1, 2023
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्यो

काठमाडौं। मर्जर भएका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार बुधबारदेखि सुरु भएको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत थालिएको हो।

Tata
GBIME
Nepal Life

स्वाप रेसियो १:१ को अनुपातमा गाभिएको कम्पनीको मर्जरपछि चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ भएको पुगेको छ। मर्जर अघि प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड र सिद्धार्थको १ अर्ब ४० करोड रुपैयाँ थियो।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ। त्यसैले बीमा कम्पनीहरु मर्जरमा गएका हुन्। सिद्धार्थ र प्रिमियरको मर्जरपछि चुक्ता पुँजी प्राधिकरणले तोकेभन्दा बढी पुगेको छ।

यी दुई कम्पनीले गत असारमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी मर्जर प्रक्रिया अगाडि बढाएका थिए। गत पुस २९ गते भएका वार्षिक साधारणसभाले मर्जरमा जानको लागि प्रस्ताव पारित गरेर दुवैका सञ्चालक समितिलाई बाटो सहज बनाइदिएका थिए।

एकीकृत कारोबार थालेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र वैदवार क्षेत्री रहने छन्। सिद्धार्थको बीमा कोषमा १ अर्ब २५ करोड र प्रिमियरको १ अर्ब ९ करोड रुपैयाँ छ। यस्तै जगेडा कोषमा सिद्धार्थको २८ करोड छ भने प्रिमियरको ३० करोड रुपैयाँ सञ्चित छ।