प्राधिकरणको निर्देशनपछि प्रुडेन्सियल इन्योरेन्सले लाभांश आधै घटायो, अब ३.५० प्रतिशत प्रस्ताव

बिजमाण्डू
२०७९ फागुन १६ गते ११:२० | Feb 28, 2023
प्राधिकरणको निर्देशनपछि प्रुडेन्सियल इन्योरेन्सले लाभांश आधै घटायो, अब ३.५० प्रतिशत प्रस्ताव


काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनीलाई वितरणका लागि प्रस्तावित लाभांशको दर संशोधन भएको छ। बीमा प्राधिकरणको निर्देशपछि प्रस्तावित लाभांशमा आधै घटाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजननार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्राधिकरणले वित्तीय विवरण स्वीकृतिका क्रममा दिएको निर्देशन बमोजिम संशोधन गरी ३.५० प्रतिशत मात्रै बाँड्न प्रस्ताव गरेको छ।

जसमा चुक्ता पुँजीको ३.३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७ प्रतिशत छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

चुक्ता पुँजी वृद्धि गर्न प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स मर्जर हुँदैछन्। दुवै कम्पनीबीच त्यसका लागि सहमति प्रक्रिया अघि बढिसकेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले आगामी चैत मसान्तभित्र चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ।