
काठमाडौं। बोनसका आकर्षक दरसहित ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा छुट्टै पहिचान बनाएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युआर कोडबाट बीमा शुल्क भुक्तानी गर्ने सुविधा थप गरेको छ।
कम्पनीले आफ्ना ग्राहकलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीको सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था इसेवाको माध्यमबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपस्थितिमा सेवाको औपचारिक सुरुवात भएको छ।
उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा कम्पनीको छ।