देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर पौडेलले गरे राष्ट्रपतिको उम्मेदवारी दर्ता, समर्थन ८ दलको

बिजमाण्डू
२०७९ फागुन १३ गते १४:४५ | Feb 25, 2023
देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर पौडेलले गरे राष्ट्रपतिको उम्मेदवारी दर्ता, समर्थन ८ दलको

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका छन्। संसद्‍ भवन नयाँ बानेश्वरमा शुक्रबार उनले मनोनयन दर्ता गराउँदा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दायाँबायाँ उभिए।

Tata
GBIME
Nepal Life

पौडेलको प्रस्तावकमा देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रञ्जिता श्रेष्ठ र अब्दुल खा छन्। समर्थकमा महन्थ ठाकुर, चित्रबहादुर केसी, पूर्णबहादुर खड्का, अशाेक राई र हितराज पाण्डे छन्।

पौडेल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत ८ दलको समर्थनमा उम्मेदवार बनेका हुन्। त्यसैगरी उनलाई लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको पनि साथ रहेको छ।

पौडेल पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका हुन्। पछिल्लोपटक उनी गत मंसिरमा भएको संसदीय निर्वाचनमा तनहुँ–१ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।