सुनचाँदी बजारः मूल्यमा झिनो गिरावट, सुन तोलामा १०० र चाँदी १० रुपैयाँ घट्यो

बिजमाण्डू
२०७९ फागुन १२ गते ११:३१ | Feb 24, 2023
सुनचाँदी बजारः मूल्यमा झिनो गिरावट, सुन तोलामा १०० र चाँदी १० रुपैयाँ घट्यो

काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। सुन तोलामा १०० रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँ घट्दा बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिनाको १२ दिनमा सुन तोलामा १ हजार ६ सय घटेको छ।

सुरुवातमा १ लाख ४ हजार रुपैयाँ प्रतितोलासम्म पुगेको सुनको कारोबार मूल्य यो महिना शुक्रबार सबैभन्दा कम हो।

चाँदी शुक्रवार प्रतितोला १२ सय ७५ रुपैयाँ छ। बिहीबारका तुलनामा १० रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुनचाँदीको मूल्य अघिल्लो दिनका तुलनामा कमजोर बनेको छ। बिहीबार प्रतिऔंस १८२८.९३ डलर थियो, शुक्रबार १८२५.११ भएको छ। चाँदी पनि २१.६५ डलरबाट घटेर २१.३ डलरमा कारोबार भइरहेको छ।