सुनचाँदी कारोबार सम्बन्धि एकीकृत निर्देशिका ल्याउने मन्त्री भण्डारीको प्रतिबद्धता, भन्छन् ‘छिट्टै ल्याउँछौं’

२०७९ फागुन १२ गते १०:५२
सुनचाँदी कारोबार सम्बन्धि एकीकृत निर्देशिका ल्याउने मन्त्री भण्डारीको प्रतिबद्धता, भन्छन् ‘छिट्टै ल्याउँछौं’


काठमाडौं। सरकारले सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एकीकृत निर्देशिका छिट्टै जारी हुने बताएका हुन्।

TATA
GBIME

यसका लागि सम्बद्ध व्यवसायीहरुले महासंघमार्फत आग्रह गरिरहेका थिए। देशभरका सुनचाँदी कारोबार व्यवसायीसँग सम्बन्धित दुई महासंघको आग्रह अनुरुप आवश्यक अध्ययन गरेर नीति जारी गर्ने प्रतिबद्धता मन्त्री भण्डारीले जनाएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्‍न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले मन्त्री भण्डारीलाई भेटेर व्यवसायीले भोग्नुपरेका समस्या अवगत गराएका थिए।

लामो समयदेखि आग्रह गर्दा पनि सरकारबाट यो क्षेत्रको समस्या सुनुवाई नभएको भन्दै महासंघ पदाधिकारी असन्तुष्ट छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्‍न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए। ‘कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका ब्यवसायिक झन्झट र ब्यवधान उत्पन्न हुने समस्या छन्,’ उनले भने।


Sunrise Bank