सडकको उचाइ घरको सतहभन्दा माथि पुगेको भन्दै ललितपुर महानगरमा कालोपत्रेमाथि कालोपत्रे गर्न रोक



२०७९ फागुन ११ गते १८:२५
सडकको उचाइ घरको सतहभन्दा माथि पुगेको भन्दै ललितपुर महानगरमा कालोपत्रेमाथि कालोपत्रे गर्न रोक


काठमाडौं। ललितपुर महानगरपालिकाले सम्पदा तथा अन्य क्षेत्रमा ओभर ले अर्थात कालोपत्रेमाथि कालोपत्रे गर्न प्रतिबन्ध लगाएको छ।

TATA
GBIME

महानगरले सडक विभागलाई पत्र नै लेखेर सडक कालोपत्रे गर्न नदिने जानकारी गराएको महानगरका मेयर चिरिबाबु महर्जनले भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय समन्वय समितिको बैठकमा बताए।

महर्जनले हरेक वर्ष सडक कालोपत्रेमाथि कालोपत्रे गर्दा सडकको सतह पुराना घर तथा संरचनाभन्दा धेरै माथि गइसकेको बताए। जसका कारण सडकमा बग्ने पानी संरचनाहरुमा पस्न थालेको उनको भनाइ छ।

‘अहिले सडक विभागले सडक ओभर ले गर्ने काम गर्दा सडक त राम्रा भएका छन्। तर ओभर ले गरिएका सडकहरु वषौं पहिले बनेका घरको उचाइ भन्दा माथि पुगिसकेको छ,’ उनले भने।


Sunrise Bank