काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको स्पिड लिमिट प्रति घण्टा ५० कायम

२०७९ फागुन ११ गते १८:१९
काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको स्पिड लिमिट प्रति घण्टा ५० कायम


काठमाडौं। काठमाडौं उपत्यकाको सडकमा अबदेखि सवारीसाधन अधिकतम ५० किलोमिटर प्रतिघन्टाको स्पिडमा मात्र कुदाउन मिल्ने गरी गतिको अधिकतम मापदण्ड तोकिएको छ।

TATA
GBIME

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि नै लागु हुने गरी काठमाडौं उपत्यकाको सडकमा सवारीसाधनको स्पिड लिमिट तोकिएको जनाएको छ।

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था लागु गरेको हो। सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राख्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो व्यवस्था लागु गरिएको महाशाखाको भनाइ छ।

कलंकी-कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रति घण्टा ५० किमि र सर्भिस ट्रयाकमा प्रति घण्टा २० किमिको स्पिड लिमिट कायम गरिएको छ। यस्तै, कोटेश्‍वर-भक्तपुर सडकखण्डमा स्पिड लिमिट ५० किमि प्रतिघन्टा तोकिएको छ।

उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकेर बोर्डहरू समेत राखिएको कार्यालयले जानकारी दिएको छ।


Sunrise Bank