
काठमाडौं। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ८० करोड रुपैयाँको प्रभु स्मार्ट फण्डले फागुन १८ गतेबाट इकाई बिक्री खुलाउने भएको छ।
म्युचुअल फण्डले प्रति इकाई १० रुपैयाँका दरले कुल ८ करोड इकाई निष्कासन गर्दैछ। जसमध्ये सर्वसाधरणले ६ करोड ८० लाख करोडमा आवेदन दिन सक्नेछन्।
न्यूनतम १०० र अधिकतम ८० लाख इकाईका लागि आवेदन पेश गर्न सकिनेछ।
जारी इकाईमध्ये एक करोड १२ लाख कोष प्रबर्द्धक प्रभु बैंकलाई छुट्याएको हो। बाँकी ८ लाख योजना व्यवस्थापक प्रभु क्यापिटललाई हो।
इकाई छिटोमा फागुन २३ गते बन्द हुनेछ। पर्याप्त आवेदन नपरे चैत ५ गतेसम्म लम्बिनेछ।