‘नेपालले क्षमता अनुसार बिजुली उत्पादन गरेर बेच्न सके नेपालीलाई २/४ लाख भत्ता दिन सकिन्छ’



२०७९ फागुन ४ गते १६:०५
‘नेपालले क्षमता अनुसार बिजुली उत्पादन गरेर बेच्न सके नेपालीलाई २/४ लाख भत्ता दिन सकिन्छ’


काठमाडौं। संघीय ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले नेपालले आफ्नो क्षमताअनुसार बिजुली उत्पादन गरेर बेच्न सके हरेक नेपालीलाई २/४ लाख रुपैयाँ भत्ता दिन सकिने बताए।

TATA
GBIME

धुलिखेलमा आयोजित ‘वाग्मती प्रदेशको दिगो विकासका लागि ऊर्जा’ कार्यक्रममा बोल्दै उनले पर्याप्त बिजुली बेच्न देशले ठूलो प्रगति गरिरहेको बताए।

उनले यो वा त्यो बाहानामा विद्युत क्षेत्रको विकासको गति कसैले रोक्न नसक्ने बताए।

मुलुकले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता र सन् २०३० सम्म १५ हजार मेगावाट उत्पादनको लक्ष्य पुरा गर्न ढिलाइ भइरहेको बताए।

९०० मेगावाटको अरुण-३ नेपाल र भारतबीचको ऊर्जा सहकार्यको उदाहरणको नमुना भएको भन्दै उनले १०८०० मेगावाटको कर्णाली चिसापानी, माथिल्लो कर्णाली, पञ्चेश्वर लगायतका आयोजना जति सक्दो छिटो कार्यान्वयनमा लैजानुपर्ने बताए।


Sunrise Bank