अबदेखि आइएमइ पेबाट पनि ट्राफिक जरिवाना तिर्न सकिने, थप्यो नयाँ सुविधा

बिजमाण्डू
२०७९ फागुन ४ गते १५:५८ | Feb 16, 2023
अबदेखि आइएमइ पेबाट पनि ट्राफिक जरिवाना तिर्न सकिने, थप्यो नयाँ सुविधा


काठमाडौं। आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ।

Tata
GBIME
NLIC

ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवाको भुक्तानीसँगै ट्राफिक फाइन भुक्तानीको सेवा थप गरेको हो।

ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्छन्।