
काठमाडौं। इङ्वा हाइड्रोपावरले अबको केही समयमा सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट फागुन २ गते निष्कासनको अन्तिम स्वीकृति पाएको यस कम्पनीले चाँडै नै आइपीओ निष्कासन गर्ने भएको बताएको छ।
कम्पनीले फागुन २ गते १८ करोड बराबरको १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो। यो कम्पनीको जारी पुँजीको ३० प्रतिशत हो।
यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यसअघि बोर्डले सार्वजनिक निष्कासनका लागि मेन्छियम हाइड्रोपावरलाई स्वीकृति दिइसकेको छ। कम्पनीले फागुन १० गतेबाट वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि सेयर जारी गर्दै छ।