मेन्छियाम हाइड्रोपावरको सेयर फागुन १० गतेदेखि प्रभावित र रोजगारीमा गएका नेपालीलाई

२०७९ फागुन ३ गते ०९:०१
मेन्छियाम हाइड्रोपावरको सेयर फागुन १० गतेदेखि प्रभावित र रोजगारीमा गएका नेपालीलाई


काठमाडौं। मेन्छियाम हाइड्रोपावर लिम‍िटेडले फागुन १० देखि २५ गतेसम्म सेयर जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुका लागि साधारण सेयरको बिक्री खुलाउने भएको हो।

Tata
GBIME

कम्पनीको जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँ छ। कम्पनीले कुल १० प्रतिशत सेयर जारी गर्ने छ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ८ हजार ५१७ कित्ता सेयर दिइने छ। यसबाहेक आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दालाई पनि सेयर दिइने छ।

उनीहरुले सेयर पाएपछि आम सर्वसाधारणलाई बिक्री गरिने छ। कम्पनीको सेयरमा कम्तिमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।


Sunrise Bank